मुख्यमन्त्री शाहीले गरे बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण
हुम्ला, कात्तिक २२ : प्रदेश ६ का मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लामा हालैको वर्षाले पु¥याएको क्षतिको अवलोकन गरेका छन्।गत असोजदेखि कात्तिकसम्म आएको अविरल वर्षाका...
हुम्ला, कात्तिक २२ : प्रदेश ६ का मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लामा हालैको वर्षाले पुर्याएको क्षतिको अवलोकन गरेका छन्।
गत असोजदेखि कात्तिकसम्म आएको अविरल वर्षाका कारण खार्पुनाथ गाउँपालिका–६ को एकै घरका ६ जनाको मृत्यु हुनाका साथै चङ्खेली, अदानचुली र ताजाँकोट गाउँपालिकामा आएको बाढीपहिरोले क्षति पुर्याएको थियो।
सिमीकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखलाई मुख्यमन्त्री शाहीले विकास निर्माणमा सडक, खानेपानी, स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकता दिन र जनताका सानातिना काम छिटोछरितो गर्नसमेत निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले १४७ परिवारको बस्ती स्थानान्तरण गर्नुपर्ने जानकारी दिनका साथै ४१ घर उच्च जोखिममा रहेका, १४४ परिवारको ३३२५० क्विन्टल अन्नबाली क्षति भएको र १० वटा पशु चौपायाको मरेको जानकारी दिए।
प्रकाशित मिति: १६:४६ बजे, सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











