Kathmandu Press

उपत्यकामा थप १५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ११७, भक्तपुरमा १५ र ललितपुरमा २०...
उपत्यकामा थप १५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ११७, भक्तपुरमा १५ र ललितपुरमा २० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,५६८ रहेको छ।

तीमध्ये काठमाडौंमा ५६३, भक्तपुरमा ५०२ र ललितपुरमा ५०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३३ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्