Kathmandu Press

देशभरिमा ३९० कोरोना संक्रमित थपिँदा ५ जनाको मृत्यु

३,६०६ जनामा गरिएको पिसिआर परीक्षणबाट ३७१ र २,४२० जनामा गरिएको एन्टिजेन परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभरिमा ३९० कोरोना संक्रमित थपिँदा ५ जनाको मृत्यु

काठमाडौं, कात्तिक २२ : पछिल्लो २४ घन्टामा देशभरिमा ३९० जना कोरोना संक्रमित थपिएका छन्।

३,६०६ जनामा गरिएको पिसिआर परीक्षणबाट ३७१ र २,४२० जनामा गरिएको एन्टिजेन परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४२५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९५,८२२ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४५३ पुगेको छ।

अहिले देशभरिमा ७,६५४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ७,०९४ जना होम आइसोलेसनमा र ५६० जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी १८७ जनाको आईसियुमा उपचार भइरहँदा ४३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्