Kathmandu Press

मंगोलियामा एक दिनमा सबैभन्दा थोरै नयाँ सङ्क्रमित

उलान बाटोर, कात्तिक २२ : मंगोलियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सवैभन्दा थोरै देखिएको छ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मंगोलियामा ४५०...
मंगोलियामा एक दिनमा सबैभन्दा थोरै नयाँ सङ्क्रमित

उलान बाटोर, कात्तिक २२ : मंगोलियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सवैभन्दा थोरै देखिएको छ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मंगोलियामा ४५० जना नयाँ सङ्क्रमित थपिएका हुन्।

यो सङ्ख्या मे १८ पछिकै सवैभन्दा थोरै भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। मंगोलियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६८ हजार ६०० पुगेको तथ्याङ्क मन्त्रालयसँग छ।
 
त्यसैगरी अहिलेसम्म कोरोनाका कारण एक हजार ७४४ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्। कोरोनाभाइरस विरुद्धको खोप अभियान र जनचेतनामुलक अभियान तिव्र रुपमा चलाइएकाले महामारीको प्रभाव कम हुदै गएको बताइएको छ। 

मंगोलियाका चार लाख ४५ हजार ९०० भन्दा बढीलाई अतिरिक्त खोप लगाइएको छ। स्वास्थ्य मन्त्रालयले अहिले पनि भिडभाड नगर्न, मास्कको प्रयोग गर्न, सेनिटाइजर लगाउन आह्वान गरिरहेको छ।

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, कात्तिक २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्