सर्वोच्चमा पेशी तोकिएका ६ वटै इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ
सोमबारका लागि पेशी तोकिएका सर्वोच्च अदालतका ६ वटै इजलासमा मुद्दाको सुनुवाइ भएको छ ।
काठमाडौं, कात्तिक २२ : सोमबारका लागि पेशी तोकिएका सर्वोच्च अदालतका ६ वटै इजलासमा मुद्दाको सुनुवाइ भएको छ ।
सबै इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारका लागि ६ वटा इजलास तोकेका थिए, जसमा सातवटा बन्दी प्रत्यक्षीकरणमा मुद्दाको सुनुवाइ तोकिएको थियो ।
न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, कुमार चुडाल, तेजबहादुर केसी र नहकुल सुवेदीले इजलासमा उपस्थित भएर बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गरेका हुन् ।
एउटा मुद्दामा मिसिल कागज झिकाउने, दुईवटामा कारण देखाउ आदेश, एउटा रिट खारेज भएका छन् ।
प्रकाशित मिति: १५:५१ बजे, सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











