Kathmandu Press

१३ जिल्लाको वडा अधिवेशन गर्न कांग्रेसले तोक्यो निर्वाचन अधिकृत

काठमाडौं, कात्तिक २२ : नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा अधिवेशन गर्न निर्वाचन अधिकृत तोकेको छ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार  कांग्रेसको १४औं...
१३ जिल्लाको वडा अधिवेशन गर्न कांग्रेसले तोक्यो निर्वाचन अधिकृत

काठमाडौं, कात्तिक २२ : नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा अधिवेशन गर्न निर्वाचन अधिकृत तोकेको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार  कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा यही कात्तिक २७ गते वडा अधिवेशन हुँदैछ।

प्रदेश २ का आठ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवाको वडा अधिवेशन हुन बाँकी थियो। क्रियाशील सदस्यता विवादका कारण देशभर अन्यत्र वडा अविधेशन सकिए पनि ती जिल्ला रोकिएका थिए।  

निर्वाचन अधिकृतका रूपमा पर्सामा नरेन्द्र केसी, बारामा ज्ञानेन्द्रपसाद अधिकारी, रौतहटमा दीपकराज गिरी, सर्लाहीमा विनोद कार्की, महोत्तरीमा इन्द्र अधिकारी, धनुषामा अरुण ज्ञवाली, सप्तरीमा डा. रुद्र शर्मा र सिरहामा सन्जीव लामालाई खटाइएको  निर्वाचन समितिले जानकारी दिएको छ।

कैलालीमा टेकप्रसाद सुवेदी, बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमनकुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्