Kathmandu Press

भारतमा एकैदिनमा थप ११ हजार नयाँ सङ्क्रमित, २६६ जनाको मृत्यु

नयाँ दिल्ली, कात्तिक २२ : भारतमा कोरोना भाइरसबाट एकै दिनमा थप ११ हजार ४५१ जना नयाँ सङ्क्रमित थपिएका छन्।सोही अवधिमा अरु २६६ जनाको कोरोना...
भारतमा एकैदिनमा थप ११ हजार नयाँ सङ्क्रमित, २६६ जनाको मृत्यु

नयाँ दिल्ली, कात्तिक २२ : भारतमा कोरोना भाइरसबाट एकै दिनमा थप ११ हजार ४५१ जना नयाँ सङ्क्रमित थपिएका छन्।

सोही अवधिमा अरु २६६ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा १३ हजार २ सय ४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

Hardik ivf

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको छ।  भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ८२६ रहेको छ। यो सङ्ख्या २६२ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ।  

भारतमा अहिले पनि कोरोनाभाइरसको महामारीको प्रभाव सवैभन्दा धेरै केरला राज्यमा देखिएको छ। केरलामा मात्रै पछिल्लो २४ घण्टामा पनि सात हजार १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १५:२७ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्