Kathmandu Press

सदन चल्न दिन गृहमन्त्री खाँणको आग्रह

जनकपुरधाम, कात्तिक २२ : गृहमन्त्री बालकृष्ण खाँणले सदन चल्न दिन प्रमुख प्रतिपक्षी दल एमालेसँग आग्रह गरेका छन्।आज जनकपुरधाम विमानस्थलमा सञ्चभारकर्मीसँग कुराकानी गर्दै उनले एमालेले...
सदन चल्न दिन गृहमन्त्री खाँणको आग्रह

जनकपुरधाम, कात्तिक २२ : गृहमन्त्री बालकृष्ण खाँणले सदन चल्न दिन प्रमुख प्रतिपक्षी दल एमालेसँग आग्रह गरेका छन्।

आज जनकपुरधाम विमानस्थलमा सञ्चभारकर्मीसँग कुराकानी गर्दै उनले एमालेले सदन चल्न नदिएको र नागरिकतालगायत विधेयक पारित हुन नसकेको बताए। 

‘सदन व्यवस्थित रुपमा नचल्दा ढिलाइ भएको छ,’ उनले भने, ‘विपक्षीकै कारण सदन सञ्चालनमा समस्या आएको छ।’

सदन चलाएर सरकारका कमीकमजोरी सुधार्दै विधेयक पारित गर्नुपर्नेमा उनले जोड दिए। 

न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका तीनै अङ्ग स्वतन्त्र रहेको भन्दै उनले न्यायपालिकामा देखिएको विवाद चाँडै टुंगिने विश्वास आफूहरुको राखेको बताए। न्यायालयको विवाद सुल्झाउने तयारीमा सरकार जुटेको पनि गृहमन्त्री खाँडले जानकारी दिए।

‘न्यायालयको विवाद संवेदनशील र गम्भीर छ। यसले धेरै कुरालाई प्रभावित बनाएको छ। छिट्टै सुल्झाउने तयारीमा सरकार लागेको छ,’ उनले भने।

नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दै उनले सरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा रहेको बताए।

गृहमन्त्री खाँड कांग्रेस कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन जनकपुर आएका हुन्। 

प्रकाशित मिति: १५:०६ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्