Kathmandu Press

भिरबाट लडेर मृत्यु 

दार्चुला, कात्तिक २२ : दार्चुलाको शैल्यशिखर नगरपालिका–८ बाबिया फगाला भिरबाट लडेर कञ्चनपुरको भिमदत्त नगरपालिका–९ मटेला घर भएका २६ वर्षीय रुपेश राना मगरको आइतबार दिउँसो...
भिरबाट लडेर मृत्यु 
Hardik ivf

दार्चुला, कात्तिक २२ : दार्चुलाको शैल्यशिखर नगरपालिका–८ बाबिया फगाला भिरबाट लडेर कञ्चनपुरको भिमदत्त नगरपालिका–९ मटेला घर भएका २६ वर्षीय रुपेश राना मगरको आइतबार दिउँसो मृत्यु भएको छ। 

शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारस्थित आफन्तकोमा आएका बेला सोही नगरपालिका–७ बन्तेली मेला हेरेर फर्केने क्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:१० बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्