Kathmandu Press

रुसमा २४ घन्टामा ३९ हजारभन्दा बढीमा कोरोना संक्रमण

मस्को, कात्तिक २२ : रुसमा गएको २४ घन्टामा ३९ हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन्।साथै यो...
रुसमा २४ घन्टामा ३९ हजारभन्दा बढीमा कोरोना संक्रमण

मस्को, कात्तिक २२ : रुसमा गएको २४ घन्टामा ३९ हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन्।

साथै यो अवधिमा रुसमा १ हजार १ सय ७९ जनाको ज्यान गएको छ। यो समेतगरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ। 

त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ। यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २.८१ रहेको पनि समाचारमा जनाइएको छ।

स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब ५ हजार जनामा सङ्क्रमण देखिएको बताएका छन्। 

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, कात्तिक २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्