Kathmandu Press

नेपाली सेनालाई चिनियाँ सेनाले पठायो ३ लाख डोज खोप, भेन्टिलेटर र अक्सिजन कन्सनट्रेटर

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख डोज भेरोसेल खोप पठाएको छ ।
नेपाली सेनालाई चिनियाँ सेनाले पठायो ३ लाख डोज खोप, भेन्टिलेटर र अक्सिजन कन्सनट्रेटर

काठमाडौं, कात्तिक २२ : चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख डोज भेरोसेल खोप पठाएको छ ।

साथमा, १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर पनि चिनियाँ सेनाले पठाएको छ । सोमबार जंगीअड्डामा आयोजित समारोहमा चिनियाँ राजदूत होऊ याङ्कीले उक्त स्वास्थ्य सामग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन् ।


महामारी जारी रहँदा चिनियाँ सेनाबाट प्राप्त उक्त सहयोगका लागि प्रधानसेनापति शर्माले धन्यवाद ज्ञापन गरे । उक्त स्वास्थ्य सामग्रीबाट नेपाली सेनाका सबै दर्जा र हिताधिकारीहरू लाभान्वित हुने प्रधानसेनापति शर्माले बताए ।

‘यसबाट महामारीविरुद्धको लडाइँमा नेपाली सेना थप प्रभावकारी रूपमा जनताको सेवामा लाग्न सक्षम हुनेछ र दुई देशका सेनाबीचको सम्बन्ध थप मजबुत हुने विश्वास छ,’ शर्माले भने ।

प्रकाशित मिति: १३:३९ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्