Kathmandu Press

प्रधानमन्त्री देउवाले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं, कात्तिक २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे का लागि मन्त्रिपरिषद् बैठक डाकेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक...
प्रधानमन्त्री देउवाले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं, कात्तिक २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे का लागि मन्त्रिपरिषद् बैठक डाकेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा समसायिक राजनीतिक विषयवस्तु, दैनिक प्रशासनिक कामकारबाहीलगायत नियमित एजेन्डामै छलफल हुने स्रोतको भनाइ छ।

कोप–२६ मा भाग लिएर स्वदेश फर्किएपछि आज प्रधानमन्त्री देउवाले पहिलोपटक मन्त्रिपरिषद् बैठक डाकेका हुन्। 

आजको बैठकमा विभिन्न निर्णय हुने बताइएको छ।

प्रकाशित मिति: १३:२३ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्