Kathmandu Press

जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाबारे छलफल

अमान, कात्तिक २२ : जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाबारे छलफल भएको छ।सिरियाको समस्या समाधानका विषयमा सो छलफल भएको बताइएको छ। जोर्डनका विदेशमन्त्री आयमन सफादीले...
जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाबारे छलफल

अमान, कात्तिक २२ : जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाबारे छलफल भएको छ।

सिरियाको समस्या समाधानका विषयमा सो छलफल भएको बताइएको छ। जोर्डनका विदेशमन्त्री आयमन सफादीले सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि गेरी फेडरसनसँग आइतबार भेटवार्ता गरेका थिए। 

Hardik ivf

त्यस भेटका क्रममा सिरियामा जारी हिंसा तथा संकटको अन्त्यका लागि आवश्यक सहयोग र सहकार्यका बारेमा कुराकानी भएको जोर्डनको विदेशमन्त्रालयले जानकारी दिएको छ।

त्यस अवसरमा जोर्डनका विदेशमन्त्री सफादीले जोर्डनले सिरियामा शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघसँग मिलेर आवश्यक कार्य गर्ने बताएका थिए। 

सिरियामा वर्षौंदेखि जारी रहेको हिंसामा परी लाखौं मानिसको ज्यान गएको छ भने यहाँका लाखौं नागरिकहरु स्वदेश तथा विदेशमा विस्थापित हुन पुगेका छन्।

यहाँ शान्तिपूर्ण रुपमा र प्रजातान्त्रिक समाधानका लागि सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले आग्रह गर्दै आए पनि सो सम्भव हुन सकेको छैन। 

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्