Kathmandu Press

दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १९ जना घाइते

काठमाडौं, कात्तिक २२ : दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।दुर्घटनामा परी जिप धनी देवबहादुर सुनारको घटनास्थलमै...
दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १९ जना घाइते

काठमाडौं, कात्तिक २२ : दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

सल्यानको कालीमाटीबाट आउँदै गरेको भे१ज ५२२ नम्बरको यात्रुवाहक जिप दाङको बबई गाउँपालिका–३ एक्लेबरमामा आज बिहान साढे ९ बजेतिर दुर्घटनामा परेको थियो। प्रहरी घटनास्थलमा पुगेर  घाइतेको उद्धार गरिएको जनाइएको छ। 

घाइते १९ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

जिप चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: १२:१६ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्