Kathmandu Press

६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, कात्तिक २२ : नेपाल राष्ट्र बैंकले रु. ६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।बैंकले ९१ दिन अवधिको रु १० करोड...
६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, कात्तिक २२ : नेपाल राष्ट्र बैंकले रु. ६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

बैंकले ९१ दिन अवधिको रु १० करोड र १८२ दिन अवधिको ६ अर्ब गरी कुल ६ अर्ब १० करोडको टे«जरी बिल आज बोलकबोल गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार ९१ दिने टे«जरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ। यसअघि यही कात्तिक १५ मा बैंकले रु एक अर्ब ६६ करोडको ट्रेजरी बिक्री गरेको थियो।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ।

राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ।

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, कात्तिक २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्