Kathmandu Press

तिहारपछि बढ्यो सुनको मूल्य : प्रतितोला ९२ हजार ५००

तिहारपछिको पहिलो कारोबारका दिन सोमबार नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ ।
तिहारपछि बढ्यो सुनको मूल्य : प्रतितोला ९२ हजार ५००

काठमाडौं, कात्तिक २२ : तिहारपछिको पहिलो कारोबारका दिन सोमबार नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ ।

यो पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रहने छ, जसको मूल्य बिहीबार प्रतितोला रु ९० हजार ५०० तोकिएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य बिहीबारको तुलनामा रु २५ ले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११:४२ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्