Kathmandu Press

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

एमालेको १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । ६ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४ वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन् ।
एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

बैतडी, कात्तिक २२ : एमालेको १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । ६ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४ वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन् ।

दलित र महिलाको नेतृत्वप्रति अझै पनि शंका गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ । पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरूलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्टले बताए । ‘अध्यक्षमा महिला र दलितको सहभागिता शून्य देखिए पनि अन्य पदमा भने उत्साहजनक सहभागिता छ,’ उनले भने ।

हालै सम्पन्न पालिका अधिवेशनबाट जिल्लाको दशरथचन्द, पाटन, पुर्चौडी र मैलौली  नगरपालिकामा क्रमशः अजबहादुर पाण्डे, ललितसिंह ठगुन्ना, कर्णबहादुर धामी र राजबहादुर चन्द अध्यक्ष भएका छन् । यस्तै, दोगडाकेदार, डिलाशैनी, पञ्चेश्वर, सुर्नया, शिवनाथ र सिगास गाउँपालिकामा क्रमशः काशीसिंह विष्ट, रघुवीर बोहरा, प्रकाश चन्द, महेन्द्र चन्द, सुर्नया राजेन्द्र भट्ट र गोपाल धामी चयन भएका छन् ।

जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भने २७ कात्तिकमा गरिने भएको छ । प्रदेशसभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने जनाइएको छ । एमालेको दशौँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

प्रकाशित मिति: ११:१० बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्