Kathmandu Press

महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

काठमाडौं, कात्तिक २२ : नेकपा (एमाले) ले आगामी दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न लागेको छ।यसका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित...
महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

काठमाडौं, कात्तिक २२ : नेकपा (एमाले) ले आगामी दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न लागेको छ।

यसका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिएको छ। आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन हुँदै छ।

यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन १४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नपर्ने उल्लेख गरिएको छ।

यही कात्तिक २७ गते देशभरका भूगोल, विशेष कमिटी र जनसंगठनबाट समावेशीताका आधारमा एक हजार नौ सय ९९ महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको हो।

 

प्रकाशित मिति: ०७:०१ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्