Kathmandu Press

राजदूत नियुक्तमा भागबन्डा नगरी साझा सूची बनाऔँ : नेता श्रेष्ठ

काठमाडौं, कात्तिक २१ : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ति गर्दा दलहरूको भागबन्डा नगर्न सुझाव दिएका छन् ।सामाजिक सञ्जालमा...
राजदूत नियुक्तमा भागबन्डा नगरी साझा सूची बनाऔँ : नेता श्रेष्ठ

काठमाडौं, कात्तिक २१ : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ति गर्दा दलहरूको भागबन्डा नगर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा स्टाट्स मार्फत नेता श्रेष्ठले राजदूत नियुक्ति गर्दा दलहरूको भागबन्डा नगरी छुट्टै साझा सूची बनाउनुपर्ने बताएका हुन् ।

उनले कुनै पनि पार्टीमा नलागेका योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्र सेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्नेतर्फ ध्यानाकर्षण समेत गराएका छन् ।

प्रधानमन्त्रीले तीन जना राजदूत नियुक्त गरिसकेको भन्दै नेता श्रेष्ठले केही सङ्ख्या भागबन्डामा लगे पनि केही सङ्ख्या साझा सूचीबाट छान्नुपर्नेमा उनको जोड छ । 

प्रकाशित मिति: २०:४५ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्