Kathmandu Press

माओवादी केन्द्रले तोक्यो प्रदेश २ मा इन्चार्ज

काठमाडौं, कात्तिक २१ : नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टी समन्वय समिति संयोजक तोकेको छ ।माओवादी केन्द्र प्रदेश–२ समितिको पदाधिकारी बैठकले...
माओवादी केन्द्रले तोक्यो प्रदेश २ मा इन्चार्ज

काठमाडौं, कात्तिक २१ : नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टी समन्वय समिति संयोजक तोकेको छ ।

माओवादी केन्द्र प्रदेश–२ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेका आठवटै जिल्लाका संयोजक र दुई जिल्लामा सह इन्चार्ज तोकेको हो । नेकपा एमाले र एकीकृत नेकपा माओवादी एकीकरण भएर हुँदा एमालेले प्रदेश–२ का आठवटै जिल्लामा जिल्ला संयोजक लिएको थियो भने माओवादी केन्द्रले इन्चार्ज लिएको थियो ।

पार्टी विघटन भएर पूर्ववत् अवस्थामा फर्किएपछि रिक्त संयोजक पदमा पार्टीका जिल्ला सचिवहरूलाई चयन गरिएको प्रदेश कमिटीले जनाएको छ ।

प्रदेश कमिटीको पदाधिकारी बैठकले धनुषाको संयोजकमा दीपक यादव, सिरहाको संयोजकमा रामकुमार यादव, सप्तरीको संयोजकमा उमेश कुमार यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई चयन गरेको हो ।

यस्तै पर्साका पार्टी सचिव इन्चार्ज रहेकाले जिल्ला नेतृत्वसँग समन्वय गरेर पूर्व पदाधिकारी कुशवाहालाई संयोजक चयन गरेको छ । बैठकले धनुषा जिल्लाको सहइन्चार्जमा झल्कु यादवलाई तोकेको छ भने सर्लाहीको सहइन्चार्जमा लोचन धिमाल र रामपृत रायलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: २०:३३ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्