प्रधानन्यायाधीशविरुद्धको आन्दोलन निरन्तर : नेपाल बार
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सुरु आन्दोलन भोलि सोमबारपछि पनि निरन्तर रहने बताएको छ ।
काठमाडौं, कात्तिक २१ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सुरु आन्दोलन भोलि सोमबारपछि पनि निरन्तर रहने बताएको छ ।
बार महासचिव लीलामणि पौडेलले आइतबार साँझ प्रकाशित गरेको विज्ञप्तिमा सोमबार बिहान साढे १० बजे बारमा उपस्थित भएर आन्दोलनमा सहभागी हुन आग्रह गरिएको छ ।
देशभरका बार एकाइका अध्यक्ष, सचिवहरूसँग राय, परामर्श जारी रहेकाले थप विरोधका कार्यक्रम पछि प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ ।
बारले १४–१७ कात्तिकमा सर्वोच्च अदालतकेन्द्रित कालोपट्टिसहितका विरोध कार्यक्रम गरेको थियो । सोमबार पनि सोही कार्यक्रम निरन्तर रहने बारको विज्ञप्तिमा उल्लेख छ । प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बारले जनाएको छ ।

प्रकाशित मिति: २०:२१ बजे, आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











