Kathmandu Press

चीनको उत्तरी क्षेत्रमा हिमपातको सम्भावना 

चीनको उत्तरी क्षेत्रमा हिमपातको सम्भावना 

बेइजिङ, कार्तिक २१ : चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले आइतबार पनि केही उत्तरी क्षेत्रमा हिमपात हुन सक्ने चेतावनी जारी गरेको छ।

आइतबार बिहानदेखि सोमबार बिहानसम्म  हिउँ र आँधीले भित्री मङ्गोलिया, हेबेई, तियानजिन, शानडोङ, लिओनिङ, जिलिन र हेइलोङजियाङका केही भागहरूमा असर गर्ने सम्भावना रहेको उक्त केन्द्रले जनाएको छ। 

यी मध्ये केही क्षेत्रहरूमा हिमपातले ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्ने अनुमान गरिएको छ।

केन्द्रले स्थानीयहरूलाई घर भित्रै बस्न सल्लाह दिदै सरकारी अधिकारीहरूलाई सडक, रेलवे, बिजुली र दूरसञ्चारमा सावधानी अपनाउन आग्रह गरेको छ।

चीनमा चार किसिमको रंग कोड गरिएको मौसम चेतावनी प्रणाली सञ्चालनमा छ, जसमा रातोले सबैभन्दा गम्भीर, त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः कम खतराको मौसमी सङ्केत गर्दछ।

प्रकाशित मिति: २०:१६ बजे, आइतबार, कात्तिक २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्