जापानले विदेशीमाथि लगाएको यात्रा प्रतिबन्ध आंशिक रूपमा खुलाउने

काठमाडौं, कात्तिक २१ : जापानले कारोना भाइरसका कारण विदेशी नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्ध पर्यटक बाहेकका लागि सोमबारदेखि आंशिक रूपमा खुलाउने भएको छ ।
लामो समयसम्म जापानमा रहने विदेशी विद्यार्थीहरू, प्राविधिक प्रशिक्षार्थीहरू सँगै अल्पकालका लागि व्यवसाय र कामको उद्देश्यले तीन महिनासम्म रहनेहरूका लागि नयाँ मापदण्ड लागु हुनेछ ।
विदेशीलाई जापान भित्र्याउने कम्पनीहरू र विद्यालय जस्ता संस्थाहरूले उनीहरूको प्रवेश सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयले गर्ने परीक्षण पूरा गर्नुपर्नेछ ।
जसअन्तर्गत प्रवेशीहरूलाई खाने बस्ने सुविधान प्रदान गर्न सम्बन्धित संस्थाहरू जिम्मेवार हुनेछन् भने त्यस्ता ठाउँहरूमा प्रवेशीहरू १४ दिन सम्म सेल्फ–क्वारेन्टिनमा बस्न सक्नेछन् ।
प्रकाशित मिति: २०:०३ बजे, आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











