Kathmandu Press

जबर्जस्ती करणी गरेको अभियोगमा एकजना  पक्राउ

तेह्रथुम, कात्तिक २१ : तेह्रथुमको मेन्छयायेम गाउँपालिकाबाट प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा...
जबर्जस्ती करणी गरेको अभियोगमा एकजना  पक्राउ

तेह्रथुम, कात्तिक २१ : तेह्रथुमको मेन्छयायेम गाउँपालिकाबाट प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। 

४७ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा ५४ वर्षीय खजेन्द्र बहादुर दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

दमाईले ती महिलालाई बिहीबार दिउँसो घरमा सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मोराहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्