Kathmandu Press

भारतको औद्योगिक हब बन्दै तमिलनाडू : फ्याक्ट्री मात्रै ३७ हजारभन्दा बढी

भारतीय प्रायद्वीपको दक्षिण–पूर्वी सीमानामा रहेको तमिलनाडू राज्य भारतको सबैभन्दा ठूलो औद्योगिक हब बनेको छ। भारत मात्र होइन, तमिलनाडू विश्वकै शीर्ष १० निर्माण हबमध्येमा पनि पर्छ।
भारतको औद्योगिक हब बन्दै तमिलनाडू : फ्याक्ट्री मात्रै ३७ हजारभन्दा बढी

नयाँदिल्ली, कात्तिक २१ : भारतीय प्रायद्वीपको दक्षिण–पूर्वी सीमानामा रहेको तमिलनाडू राज्य भारतको सबैभन्दा ठूलो औद्योगिक हब बनेको छ। भारत मात्र होइन, तमिलनाडू विश्वकै शीर्ष १० निर्माण हबमध्येमा पनि पर्छ।

अटोमोबाइल, फर्मास्युटिकल्स, टेक्स्टाइल, छालाजन्य सामग्री, रसायनलगायत विभिन्न क्षेत्रको उत्पादनमा तमिलनाडू अग्रणी स्थानमा छ। सुविधाजनक सडक सञ्जाल, चुस्त रेल सेवा र सातवटा विमानस्थल भएको तमिलनाडू पूर्वाधार निर्माण विकासमा पनि अगाडि छ।

तमिलनाडूको एक हजार ७६ किलोमिटर लामो समुद्री तट भारतकै सबैभन्दा दोस्रो लामो तट हो, जहाँ चारवटा ठूला र अन्य साना बन्दरगाहहरू छन्। यसले कच्चा पदार्थ तथा तयारी सामान ढुवानीमा महत्त्वपूर्ण भूमिका वहन गरेको छ।

तमिलनाडूमा रहेका ४१ वटा विशेष आर्थिक क्षेत्र (एसईजी) विश्वकै सबैभन्दा उच्च हो। यस्तै, वायु ऊर्जा प्रयोगमा पनि तमिलनाडू विश्वको नवौँ ठूलो हबमध्येमा पर्छ।

निर्यात क्षमताको सूचकांक ‘एक्स्पोर्ट प्रिपेयर्डनेस इन्डेक्स’को सन् २०२० को गणनामा तमिलनाडू विश्वभरबाट तेस्रो स्थानमा पर्न सफल भएको थियो। भारतको आर्थिक विकासको महत्त्वपूर्ण हिस्सा बोकेको तमिलनाडू भारतको नवीकरणीय ऊर्जाको पनि सबैभन्दा ठूलो हिस्सेदार हो। १६ गिगावाट नवीकरणीय ऊर्जा क्षमता रहेको तमिलनाडूमा कुल ३२ हजार ६ सय २० मेगावट जडित क्षमताका प्लान्ट स्थापित छन्।

प्रकाशित मिति: १७:३० बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्