काठमाडौं उपत्यकामा ११९ मा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं, कात्तिक २१ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
तीमध्ये काठमाडौंमा ८०, ललितपुरमा ३६ र भक्तपुरमा तीनजना छन् ।
मुलुकको सर्वाधिक जनघनत्त्व रहेको उपत्यकामा देशभरका संक्रमितमध्ये सबैभन्दा धेरै पाइएका छन् ।
शनिबार पनि उपत्यकामा ७४ जना नयाँ संक्रमित भेटिएका थिए । शनिबारको तुलनामा आइतबार काठमाडौं उपत्यकामा १.६० प्रतिशत बढी संक्रमित थपिएका छन् ।
प्रकाशित मिति: १६:३१ बजे, आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











