कोरोना संक्रमित डेढ सयभन्दा कम
पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोभिड–१९ का संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, कात्तिक २१ : पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोभिड–१९ का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९८० जनाको पीसीआर परीक्षण गर्दा १४१ र ३५३ जनाको एन्टिजेन परीक्षणमा दुईजना गरी जम्मा १४३ जनामा संक्रमण पुष्टि भएको हो ।
थप ५६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा नौ सक्रमितको मृत्यु भएको छ ।
यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या सात हजार ७१३ छ ।
प्रकाशित मिति: १६:२२ बजे, आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











