Kathmandu Press

सल्यान बस दुर्घटनामा १२ को मृत्यु, मृतक अधिकांश महिला (अपडेट)

जिल्ला सदरमुकाम खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुने यात्री संख्या १२ पुगेको छ ।
सल्यान बस दुर्घटनामा १२ को मृत्यु, मृतक अधिकांश महिला (अपडेट)
तस्बिर स्रोत : न्युज कारखाना डट कम

सल्यान, कात्तिक २१ : जिल्ला सदरमुकाम खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुने यात्री संख्या १२ पुगेको छ ।

तीमध्ये आठजनाको सनाखत भएको प्रहरीले जनाएको छ । आइतबार बिहान उक्त बस जिल्लाको कपुरकोट गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार बसमा ३० यात्रु रहेको खुलेको छ । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । निकै तीव्र गतिका कारण बस दुर्घटना भएको यात्रीले बतउका छन् ।

मृतकमध्ये सल्यान शारदा नगरपालिका–१२ की प्रभा चलाउने, शारदा–२ की मीना डाँगी, शारदा–३ की लीला बुढाथोकी, त्रिवेणी–१ काभ्राकी मीना शाही, दाङ बबई गाउँपालिका–४ की डुली रेउले, बबई–६ पन्चकुलेकी कलावती बुढाथोकी, घोराही नारायनपुरकी इन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी–२ का तिलक ओली रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६:०२ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्