Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक २८ कात्तिकमा बस्दै

कांग्रेसले २८ कात्तिक आइतबारका लागि पार्टी केन्द्रीय समिति बैठक बोलाएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक २८ कात्तिकमा बस्दै

काठमाडौं, कात्तिक २१ : कांग्रेसले २८ कात्तिक आइतबारका लागि पार्टी केन्द्रीय समिति बैठक बोलाएको छ ।

ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी नगरमा बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

पार्टीको आसन्न १४औँ महाधिवेशनको तयारी तथा समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि कांग्रेसले निर्देशन दिएको छ ।

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्