राष्ट्रिय बाणिज्य बैंकको नाफामा छलाङ
काठमाडौं, साउन ३० : राष्ट्रिय वाणिज्य बैंकले २७ बाणिज्य बैंकलाई पछि पार्दै नाफा आर्जनमा छलाङ मारेको छ।
पूर्ण सरकारी लगानी रहेको राष्ट्रिय बा....

काठमाडौं, साउन ३० : राष्ट्रिय वाणिज्य बैंकले २७ बाणिज्य बैंकलाई पछि पार्दै नाफा आर्जनमा छलाङ मारेको छ।
पूर्ण सरकारी लगानी रहेको राष्ट्रिय बाणिज्य बैंकले पाँच अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले एक वर्षको अवधिमा नाफा ४६ प्रतिशतले बढाएको हो।
अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा बैंकको नाफा तीन अर्ब ६५ करोड रुपैयाँ गरेको थियो। नौ अर्ब चुक्ता पूँजी रहेको वाणिज्य बैंकमा १३ अर्ब ७३ करोड रुपैयाँको रिजर्ब रहेको छ। बैंकले एकवर्षमा ब्याजबाट मात्रै १० अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको छ।
वाणिज्य बैंकमा असार मसान्तसम्मा एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। यस्तै कर्जा प्रवाह एक खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकले एक खर्ब १७ अर्ब रुपैयाँ कर्जा लगाएको थियो।
सर्वसाधारणलाई सेयर जारी नगरेको वाणिज्य बैंकबाट सरकारले तीन अर्ब ६१ करोड रुपैयाँ लाभांश पाउने छ। सरकारलाई वाणिज्य बैंकले ४० प्रतिशत लाभांश दिने क्षमता रहेको छ।
बैंकको स्प्रेडदर ४.४६ प्रतिशत रहेको छ। बैंकको कर्जा निक्षेप अनुपात ७२.७८ प्रतिशत रहेको छ। पूँजीकोष अनुपात १३.२० प्रतिशत छ भने यसले बैंकलाई चुक्ता पूँजी थप बढाउनुपर्ने अवस्था सिर्जना गरेको छ।










-1754206481.jpg)
