Kathmandu Press

चीनले सुरु गर्‍यो नयाँ फाइटर जेटको तालिम

सरकारी समाचार संस्था ग्लोबल टाइम्सका अनुसार जे–१६ लडाकु जहाजको तालिम सुरु भएको हो । युद्धको स्थितिमा रियल कम्ब्याट तालिममा ती लडाकु जहाजलाई सामेल गराइएको हो ।
चीनले सुरु गर्‍यो नयाँ फाइटर जेटको तालिम

बेइजिङ, कात्तिक २१ : चीनले भरखरै बनेका नयाँ लडाकु जहाजको तालिम सुरु गरेको छ ।

सरकारी समाचार संस्था ग्लोबल टाइम्सका अनुसार जे–१६ लडाकु जहाजको तालिम सुरु भएको हो । युद्धको स्थितिमा रियल कम्ब्याट तालिममा ती लडाकु जहाजलाई सामेल गराइएको हो ।

Hardik ivf

तालिममा जे–२० नाम दिइएको स्टिल्थ लडाकु जहाजलाई पनि सामेल गराइँदै छ । युद्धजस्तो वातावरण तयार भएमा ती जहाजलाई तत्काल परिचालन गर्ने हिसाबले ती जहाजको तालिम सुरु गरिएको एक सैन्य विशेषज्ञले बताएका छन् ।

चीनमा निर्मित जे–१६ जहाजलाई चीनको दक्षिणी सहर चुहाईमा सेप्टेम्बर र अक्टोबरमा भएको एयर सोमा पहिलोपटक सार्वजनिक गरिएको थियो । ती जहाज इलेक्ट्रोनिक वारफेयरका लागि दक्ष रहेको सरकारी अधिकारीहरूको भनाइ छ ।

चीनको जनमुक्ति सेनाको एयरफोर्स क्षमता बढाउन ती जहाज कोशेढुंगा सावित हुने विश्वास सैन्य अधिकारीहरूको छ । इलेक्ट्रोनिक वारफेयरका लागि आवश्यक उपकरण जडित जहाजले दुश्मनको अर्ली वार्निङ एयरक्राफ्टमाथि आक्रमण गर्ने क्षमता राख्छन् ।

चिनियाँ सैन्य विज्ञ वाङ मिङ्चीका अनुसार ती जहाजमा ट्विन इन्जिन र ट्विन सिट रहेका जहाज हेभी फाइटर जेट हुन् । खासगरी, दुश्मनको राडारलाई निशाना बनाउने उद्देश्यले चीनले यी जहाज बनाएको हो ।

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्