सल्यानमा बस दुर्घटना, कम्तिमा सातजनाको मृत्यु
प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएअनुसार ना२ख २५५२ नम्बरको बस कपुरकोटको खारखोलानजिक दुर्घटनामा परेको हो ।
दाङ, कात्तिक २१ : सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा सातजनाको मृत्यु भएको छ ।
प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएअनुसार ना२ख २५५२ नम्बरको बस कपुरकोटको खारखोलानजिक दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी दाङका डीएसपी गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका पाँच र घटनास्थमै दुई बालबालिका गरी सातजनाको मृत्यु भएको हो ।
बसमा करिब ३० यात्रु रहेको प्रहरीको अनुमान छ । बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
घटनास्थलमा यात्रीको उद्धार जारी छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: १४:०० बजे, आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











