Kathmandu Press

प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा थप रणनीति बनाउँदै बार

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले सोमबारदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा थप रणनीति बनाउँदै बार

काठमाडौं, कात्तिक २१ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले सोमबारदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

त्यसका लागि आइतबार मातहतका बार एकाइहरूसँग नेपाल बारका पदाधिकारी भर्चुअल बैठकमा छन् । सम्भवतः आइतबार नै आन्दोलनका थप कार्यक्रम घोषणा हुन सक्ने एक बार पदाधिकारीले जानकारी दिए ।

देशभरका ८३ वटै बार एकाइसँग भावी आन्दोलनको नयाँ स्वरूपबारे छलफल भइरहेको उनले बताए ।
 
नेपाल बारले तिहारअघि नै पदबाट राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई अल्टिमेटम दिएको थियो । तर, उनको राजीनामा आएन । अब प्रधानन्यायाधीशलाई राजीनामा गर्न बाध्य बनाउने उद्देश्यले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा बार जुटेको छ ।

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक विकृति रोक्न नसकेकोलगायत आरोप लगाउँदै नेपाल बारले राजीनामा माग गरिरहेको छ । सर्वोच्च अदालतका १९ जना न्यायाधीश पनि इजलासमा बसेका छैनन् ।

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्