Kathmandu Press

ओलीले भेटे राष्ट्रपति

एमाले अध्यक्ष केपी ओलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
ओलीले भेटे राष्ट्रपति

काठमाडौं, कात्तिक २१ : एमाले अध्यक्ष केपी ओलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

राष्ट्रपति निवास शीतल निवासमा ओली र भण्डारीबीच समसामयिक विषयमा कुरा भएको ओलीको सचिवालयले जनाएको छ ।

चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार दिउँसो शीतल निवास पुगेका हुन् ।

समसामयिक विषयमा कुरा गर्न ओली शीतलनिवास पुगेको बताइए पनि थप केही खुलाइएको छैन ।

प्रकाशित मिति: १३:४६ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्