Kathmandu Press

न्युजिल्यान्डमा इच्छामृत्यु कानून आइतबारदेखि कार्यान्वयनमा

न्युजिल्यान्डमा आइतबारदेखि इच्छामृत्युसम्बन्धी कानून लागू भएको छ ।
न्युजिल्यान्डमा इच्छामृत्यु कानून आइतबारदेखि कार्यान्वयनमा

वेलिङ्टन, कात्तिक २१ : न्युजिल्यान्डमा आइतबारदेखि इच्छामृत्युसम्बन्धी कानून लागू भएको छ ।

प्रधानमन्त्री जेसिन्डा आर्डेनसहित विपक्षी दलका नेताहरूले पनि समर्थन जनाएपछि नयाँ कानून कार्यान्वयनमा आएको हो ।

Hardik ivf

आइतबार बिहानदेखि उक्त कानून कार्यान्वयनका लागि कानूनी आधार प्राप्त भएको छ । यससँगै इच्छामृत्यु कानून कार्यान्वयनमा ल्याउने मुलुकहरूको सूचीमा न्युजिल्यान्ड पनि सामेल भएको छ ।

यसअघि स्विजरल्यान्ड, नेदरल्यान्ड, बेल्जियम, क्यानाडा, अस्ट्रेलिया र कोलम्बियामा उक्त कानून लागू भएको छ ।

तथापि, जीवन त्याग्न चाहने व्यक्तिका लागि सबै मुलुकमा अलग–अलग शर्त र नियम छन् । न्युजिल्यान्डमा भने ६ महिनाभित्र मृत्यु निश्चित रहेको रोगका बिरामीले मात्र जीवन त्याग्न पाउने छन् । त्यसमा चिकित्सकहरूको सहमति अनिवार्य हुनेछ ।

प्रकाशित मिति: ११:१३ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्