Kathmandu Press

नेपाल टेलिकमको नाफा ४१ प्रतिशतले घट्यो

काठमाडौं, साउन ३० : नेपाल टेलिकमको नाफामा अघिल्लो वर्षको तुलनामा ४१.६१ प्रतिशतले गिरावट आएको छ।

टेलिकमको नाफा घटेर १० अर्ब २० करोड ८१ लाख रु....

नेपाल टेलिकमको नाफा ४१ प्रतिशतले घट्यो

काठमाडौं, साउन ३० : नेपाल टेलिकमको नाफामा अघिल्लो वर्षको तुलनामा ४१.६१ प्रतिशतले गिरावट आएको छ।

टेलिकमको नाफा घटेर १० अर्ब २० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको टेलिकमले १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो।

ग्राहक र अन्य आम्दानी घटेपछि यसको असर नाफामा परेको हो। टेलिकमले गत वर्ष ४३ अर्ब ४८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष टेलिकमको आम्दानी ४५ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ थियो।

जुन गत वर्षभन्दा सात अर्ब २२ करोड ५६ लाख रुपैयाँ कम हो। टेलिकमले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार सञ्चालन आम्दानीमा गिरावट आउनुका साथै सरकारलाई अनुमतिपत्र (लाइसेन्स) शुल्क बुझाउँदा नाफामा भारी गिरावट आएको छ।

टेलिकमले सरकारलाई लाइसेन्स शुल्क वापत चार अर्ब दुई करोड ६९ लाख रुपैयाँ बुझाएको छ। नाफा खुम्चिएपछि टेलिकमको प्रतिसेयर आम्दानी ६८ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ११६ रुपैयाँ थियो।

 

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, साउन ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्