Kathmandu Press

जर्मनीमा रेल यात्रीमाथि चक्कुबाट आक्रमण

जर्मनीमा गुडिरहेको रेलमा यात्रीमाथि चक्कुबाट आक्रमण भएको छ । घटनामा तीन यात्री गम्भीर घाइते भएका छन् ।
जर्मनीमा रेल यात्रीमाथि चक्कुबाट आक्रमण

बर्लिन, कात्तिक २१ : जर्मनीमा गुडिरहेको रेलमा यात्रीमाथि चक्कुबाट आक्रमण भएको छ ।

घटनामा तीन यात्री गम्भीर घाइते भएका छन् । हाइस्पिड रेलमा सवारी यात्रीमाथि आक्रमण भएको हो ।

Hardik ivf

उक्त रेल दक्षिणी क्षेत्रको बावेरियास्थित नुरेमबर्गबाट रिगन्सबर्ग जाँदै थियो । आक्रमणकारी २७ वर्षका सिरियाली युवा छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आक्रमणलगत्तै रेलमा यात्रा गरिरहेका सबै यात्रीलाई प्रहरीले उद्धार गरेको छ । आक्रमणको कारण स्पष्ट छैन ।

प्रकाशित मिति: ११:०२ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्