भारतमा २४ घण्टामा १० हजार ८५३ नयाँ कोरोना संक्रमित, ५२६ को मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १० हजार आठ सय ५३ नयाँ संक्रमित थपिएका छन् ।
नयाँदिल्ली, कात्तिक २१ : भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १० हजार आठ सय ५३ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमणबाट पाँच सय २६ जनाको मृत्यु भएको छ । उक्त अवधिमा १२ हजार चार सय ३२ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा एक लाख ४४ हजार आठ सय ४५ सक्रिय संक्रमित छन् । हालसम्म एक अर्ब आठ करोड २१ लाख ६६ हजार तीन सय ६५ जनाले कोरोनाविरुद्ध खोप प्राप्त गरेका छन् ।
प्रकाशित मिति: १०:५६ बजे, आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











