Kathmandu Press

इराकी प्रधानमन्त्री निवासमा आतंकवादी आक्रमण

इराकी प्रधानमन्त्री मुतफा अल–कदिमीको सरकारी निवासमा आइतबार बिहान आतंकवादी आक्रमण भएको छ ।
इराकी प्रधानमन्त्री निवासमा आतंकवादी आक्रमण

बगदाद, कात्तिक २१ : इराकी प्रधानमन्त्री मुतफा अल–कदिमीको सरकारी निवासमा आइतबार बिहान आतंकवादी आक्रमण भएको छ ।

ड्रोनबाट गरिएको उक्त आक्रमणलाई अमेरिकाले आतंकवादी समूहको हमला संज्ञा दिएको छ । ‘त्यस ड्रोन आक्रमण र त्यसपछि उत्पन्न परिस्थितिप्रति अमेरिकाले चनाखो भएर हेरिरहेको छ,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन् ।

Hardik ivf

समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान बगदादको ग्रिन जोनस्थित प्रधानमन्त्री निवासमा आक्रमण भएको हो । बगदादमा ग्रिन जोनलाई अत्यधिक सुरक्षित इलाका मानिन्छ । सोही क्षेत्रमा सरकारका मुख्य कार्यालयहरू र विदेशी नियोगका कार्यालय र आवास छन् ।

आक्रमणमा प्रधानमन्त्रीको सुरक्षामा तैनाथ ६ जना घाइते भएका छन् । प्रधानमन्त्री अल–कदिमी सुरक्षित छन् । कुनै आतंकवादी संगठनले त्यसको जिम्मा लिएका छैनन् ।

प्रकाशित मिति: १०:४९ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्