साढे १२ लाख रुपैयाँसहित तास खेलिरहेका १५ जना पक्राउ
नगद १२ लाख ४३ हजार रुपैयाँसहित तास खेलिरहेका १५ जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
भक्तपुर, कात्तिक २१ : नगद १२ लाख ४३ हजार रुपैयाँसहित तास खेलिरहेका १५ जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
उनीहरूलाई चाँगुनारायण–८ सुडाल पुरीगाउँका मणिराम पुरीको घरबाट शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट दुई बुक बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा घरधनी पुरी, सोही ठाउँका सुशील खत्री, चन्द्रशेखर खत्री, नवराज खत्री, राजन कार्की, चिरञ्जिवी फुँयाल, जनक खत्री, जीवन श्रेष्ठ, परमेश्वर थापा, प्रेमकुमार विक, सरोज भण्डारी, विनोद तिमिल्सिना, विकास लामा, रुपेश न्याजु र काठमाडौं गोकणेश्वर–२ नयाँपाटीका रामु भण्डारी छन् ।
प्रकाशित मिति: १०:०६ बजे, आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











