Kathmandu Press

बसको ठक्करले देउसी खेलिरहेका दुई जनाको मृत्यु, पाँच घाइते

हेटौंडा, कात्तिक २१ : बसले ठक्कर दिँदा देउसी खेलिरहेका दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।गएराति हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा...
बसको ठक्करले देउसी खेलिरहेका दुई जनाको मृत्यु, पाँच घाइते

हेटौंडा, कात्तिक २१ : बसले ठक्कर दिँदा देउसी खेलिरहेका दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

गएराति हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा देउसी खेलिरहेका स्थानीय युवालाई बसले ठक्कर दिएको थियो। टौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बस अनियन्त्रित भएपछि दुर्घटना भएको हो।

बसको ठक्करबाट हेटौंडा–१५ का २० वर्षीय सुजन विष्ट र चितवन घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंहको मृत्यु भएको छ। दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको डीएसपी जयश्वर रिमालले बताए।

त्यस्तै, बसको ठक्करबाट हेटौंडा–१९ का १६ वर्षीय संगम नेपाली, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया तुलशा विष्ट, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी घाइते भएका छन्। दुई जनालाई चितवन लगिएको छ भने तीन जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

बसमा स्थानीय बासिन्दाले आगजनी गरेका छन्। बस जलेर क्षति भएको छ।

प्रकाशित मिति: ०८:२४ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्