Kathmandu Press

इंग्ल्यान्डलाई हराए पनि दक्षिण अफ्रिका बाहिरियो

काठमाडौं, कात्तिक २१ : दक्षिण अफ्रिका टी-२० विश्वकपको सुपर १२ बाटै बाहिरिएको छ। शनिबार राति भएको भएको खेलमा इंग्ल्यान्डमाथि १० रनको जित निकाले...
इंग्ल्यान्डलाई हराए पनि दक्षिण अफ्रिका बाहिरियो

काठमाडौं, कात्तिक २१ : दक्षिण अफ्रिका टी-२० विश्वकपको सुपर १२ बाटै बाहिरिएको छ। शनिबार राति भएको भएको खेलमा इंग्ल्यान्डमाथि १० रनको जित निकाले पनि दक्षिण अफ्रिका सेमिफाइनल पुग्न सकेन।

सुपर-१२ को समूह-१ मा इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाले समान ४ जित र १ हार ब्यहोरेका छन्। तीनै टिमको समान ८ अंक भए पनि यो रन रेटमा माथि रहँदै इंग्ल्यान्ड विजेता बन्दा अष्ट्रेलिया उपविजेता बन्यो। यो समूहबाट अफ्रिकासँगै वेस्टइन्डिज र बंगलादेश प्रतियोगिताबाट बाहिरिए।

सारजाहमा भएको खेलमा पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको १९० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ८ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो। उसका लागि मोइन अलीले सर्वाधिक ३७ रन बनाए बने डेविड मलानाले ३३, लियाम लिभिङस्टोनले २८ र जोस बटलरले २६ रन बनाए।

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३ विकेट लिए भने ताब्रिज साम्सीले र ड्वेन प्रिटोरियसले समान २ विकेट लिए।
यसअघि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा २ विकेट गुमाएर १८९ रन बनायो। उसका रस्सी भान डेर डुसनले नटआउट ९४ रन ब नाए। उनले ६० बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे।

यस्तै, एडेन मारक्रमले नटआउट ५२ रन बनाए। उनले २५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै, क्विन्टन डी ककले ३४ रन बनाए। इंग्ल्यान्डका अदिल रसिद र मोइन अलीले समान एक विकेट लिए।

प्रकाशित मिति: ०७:५८ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्