काठमाडौंकी प्रविज्ञा नेपालले जितिन् आशु कविता प्रतियोगिता
आख्यान तथा बाल साहित्यकार रमेश विकलको ९४ औँ जन्मजयन्तीको अवसरमा आशु कविता लेखन तथा वाचन प्रतियोगिताबाट छनोट भएकालाई पुरस्कार वितरण गरिएको छ ।
काठमाडौं, कात्तिक २० : आख्यान तथा बाल साहित्यकार रमेश विकलको ९४ औँ जन्मजयन्तीको अवसरमा आशु कविता लेखन तथा वाचन प्रतियोगिताबाट छनोट भएकालाई पुरस्कार वितरण गरिएको छ ।
अभिनव साहित्य समाजले ९ असोजमा सम्पन्न गरेको माध्यमिक विद्यालयस्तरीय ‘आशु कविता लेखन प्रतियोगिता’का विजयीलाई पुरस्कार वितरण गरिएको हो । पुरस्कार प्राप्त गर्नेमा एम्बिसन एकेडेमी काठमाडौंकी प्रविज्ञा नेपाल, शिक्षा शिशु सदन धनगढीका विभूति अधिकारी, जीएस निकेतन हेटौंडाका समर्पण न्यौपाने क्रमशः प्रथम, द्वितीय र तृतीय भए । सान्त्वना पुरस्कार पाउनेमा इस्ट पोल माविका दिलाशा तिवारी र सुसंस्कार मावि काठमाडौंका वन्दना जयसवाल छन् ।
रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्त रूपमा विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार वितरण गरिएको हो ।
प्रकाशित मिति: १७:०४ बजे, शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











