कोरोना अपडेट : नयाँ संक्रमितभन्दा निको हुने दोब्बरभन्दा बढी
पछिल्लो २४ घण्टामा एक सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ९६ जना संक्रमण जितेर घर फिरेका छन्।
काठमाडौं, कात्तिक २० : पछिल्लो २४ घण्टामा एक सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये एक सय २८ जनामा पीसीआर र ११ जनामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा तीन सय ९६ जना संक्रमण जितेर घर फिरेका छन् । यस्तै, एकजनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।
यस अवधिमा तीन हजार नौ सय ३२ वटा नमूना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा कोभिड–१९ विरुद्ध खोप लगाउनको संख्या एक हजार नौ सय ८५ छ ।
देशभर हाल आठ हजार एक सय ४४ जना सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: १६:३५ बजे, शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











