व्यस्त सडकमा ट्यांकर विष्फोट हुँदा कम्तिमा ८४ को मृत्यु, दर्जनौँ घाइते
४० फिट लामो ट्यांकर अन्य सवारी साधनमा ठोक्किएपछि भएको विष्फोटमा सियरालिओनमा कम्तिमा ८४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
सियरालिओन, कात्तिक २० : ४० फिट लामो ट्यांकर अन्य सवारी साधनमा ठोक्किएपछि भएको विष्फोटमा सियरालिओनमा कम्तिमा ८४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
घटना सियरालिओनको राजधानी फ्रिटाउनमा भएको हो । सहरको व्यस्त क्षेत्रमा ४० फिट लामो इन्धन बोकेको ट्यांकर अन्य सवारी साधनसँग ठोक्किएको थियो ।
राष्ट्रपति जुलियस मादा बायोले भयंकर विष्फोटका कारण भएको ठूलो जनधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: १६:१७ बजे, शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











