Kathmandu Press

महाराष्ट्रमा आईसीयूमा आगो लाग्दा १० को मृत्यु

भारत महाराष्ट्रको अहमदनगर जिल्लास्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ।
महाराष्ट्रमा आईसीयूमा आगो लाग्दा १० को मृत्यु

मुम्बई, कात्तिक २० : भारत महाराष्ट्रको अहमदनगर जिल्लास्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

सिभिल अस्पतालको आईसीयूमा आगो लाग्दा उक्त दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईले स्थानीय अधिकारीहरूबाट घटनाको पुष्टि गरेको छ ।

अल इन्डिया रेडियोले भने घटनामा ११ जनाको मृत्यु भएको बताएको छ । आगलागीको कारण पत्ता लागेको छैन ।

आगलागी भएको आईसीयू वार्डमा २५ जना बिरामी थिए ।

प्रकाशित मिति: १५:१७ बजे, शनिबार, कात्तिक २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्