Kathmandu Press

उपराष्ट्रपतिले लगाए बहिनीहरूबाट टीका

उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरूसँग यसवर्षको भाइटीका ग्रहण गरेका छन् ।
उपराष्ट्रपतिले लगाए बहिनीहरूबाट टीका

काठमाडौं, कात्तिक २० : उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरूसँग यसवर्षको भाइटीका ग्रहण गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपति निवासमा बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उले बहिनीहरूबाट टीका ग्रहण गरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाइ खुवाएर वात्सल्य प्रस्तुत गरे । उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरे ।

प्रकाशित मिति: १४:१० बजे, शनिबार, कात्तिक २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्