सञ्चारमन्त्री कार्कीले लगाए बहिनीसँग टीका
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहिनीहरूसँग भाइटीका ग्रहण गरे ।
काठमाडौं, कात्तिक २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहिनीहरूसँग भाइटीका ग्रहण गरे ।
ललितपुर भैँसेपाटीस्थित बहिनीको निवासमा बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले बहिनी सुशीला बस्नेत र तारा थापाबाट टीका ग्रहण गरेका हुन् । मन्त्री कार्कीसहित चार दाजुभाइले टीका ग्रहण गरेको उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । उनका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइ देवेन्द्र, डा मृगेन्द्र र लोकेन्द्रले टीका ग्रहण गरे ।
प्रकाशित मिति: १४:०५ बजे, शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











