Kathmandu Press

दीपावली एकताको पर्व : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका भएको बताएका छन् ।
दीपावली एकताको पर्व : मुख्यमन्त्री भट्ट

धनगढी, कात्तिक २० : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका भएको बताएका छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले तिहारले प्रदेशवासीलाई आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी खुशीयाली साटासाट गर्नाका साथै सामाजिक एकता कायम गर्न सघाउ पु¥याउने बताए ।

प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोउत्तर प्रगतिको कामना गर्नाका साथै कोरोना भाइरसका कारण अझै सहज रूपमा चाडपर्व मनाउने अवस्था नरहेको परिस्थितिमा सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई सबैले दीपावली मनाउन उनले प्रदेशवासीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: १२:५२ बजे, शनिबार, कात्तिक २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्