प्रेस सेन्टरका दुई पुरस्कार
प्रेस सेन्टर नेपाल बागलुङ शाखाले दुई पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।बागलुङ, कात्तिक २० : प्रेस सेन्टर नेपाल बागलुङ शाखाले दुई पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा बस्दै आएका हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना दिवंगत बुवाआमाका नाममा एक–एक लाखको पुरस्कार कोष खडा गरेका हुन् ।
थापाले बुवा भक्तबहादुर र आमा जगकुमारीको स्मृतिमा ‘भक्त–जग स्मृति पत्रकारिता पुरस्कार’ र खड्काले बुवा श्यामबहादुर र आमा चन्द्रकलीको नाममा ‘श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार’ स्थापनाका कोष खडा गरेको शाखा अध्यक्ष थम्मन थापा ‘सन्देश’ले बताए ।
दुवै पुरस्कारको घोषणा प्रेस सेन्टरको पाँचौँ जिल्ला सम्मेलनका अवसरमा गरिएको थियो । जिल्लामा रहेर निष्पक्ष, व्यावसायिक तथा खोजमूलक पत्रकारिता गरिरहेकामध्ये उत्कृष्ट दुई जनालाई बर्सेनि पुरस्कृत गरिने थापाको भनाइ छ ।
प्रकाशित मिति: १२:४६ बजे, शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१